ओल्ड ट्राफोर्डमा चेल्सीसँग रोकियो युनाइटेड (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ चौथो स्थानका लागि भिडीरहेका दुई टोली म्यानचेष्टर युनाइटेड र चेल्सीले आइतबार १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा रेड डेभिल्सले गोलको शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । खेलको ११औं मिनटमै हुवाँ माटाको गोलबाट शुरुवाती अग्रता बनाएको युनाइटेडले पहिलो हाफ मै बराबरी गोल खान पुगेको थियो ।


युनाइटेडका गोलरक्षक डेभिड डि हेयाको गल्तीको फाईदाको उठाउँदै ४३औं मिनटमा मार्कोस एलोन्सोले बराबरी गोल फर्काएर चेल्सीको सम्भावित हार टार्नुका साथै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि बलियो बनाए ।

आइतबारको नतिजापछि चेल्सी ३६ खेलबाट ६८ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै युनाइटेड भने ६५ अंकका साथ छैठौं स्थानमा छ । साथै युनाइटेडको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना थप कठिन हुन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...