कठिन जितका साथ शिर्ष स्थानमा फर्कियो सिटी (भिडियोसहित)

एजेन्सी । उपाधि होडमा रहेको साविक विजेता म्यानचेष्टर सिटी कठिन जितका साथ आइतबार प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । साथै यो जितसँगै सिटी उपाधि नजिक समेत पुगेको छ ।

टर्फ मुरमा भएको खेलमा सिटीले घरेलु टोली बर्नलीमाथि १–० को झिनो अन्तरको जित निकाल्यो । दोस्रो हाफतर्फ ६३औं मिनटमा सर्जियो एग्वेरोले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो ।


जितपछि ३६ खेलबाट ९२ अंक जोडेको सिटीले एक अंकले पछि परेको लिभरपुललाई दोस्रो स्थानमा धकेल्दै शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित बर्नली भने ४० अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...