क्लब गोल्समा मेसीभन्दा अगाडी निस्किए रोनाल्डो

एजेन्सी । शनिबार राती इटालियन सिरि ए तर्फ युभेन्ट्सलाई सम्भावित हारबाट जोगाउन निर्णायक बराबरी गोल गरेका क्रिष्टियानो रोनाल्डोले एक विशेष उपलब्धी समेत हासिल गरेका छन् ।

शनिबार सान सिरोमा भएको खेलमा युभेन्ट्सले घरेलु टोली इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्यो । त्यो खेलको सातौं मिनटमै रेजा नाइन्गोलानले इन्टरका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि ६२औं मिनटमा रोनाल्डोले बराबरी गोल फर्काउँदै युभेन्ट्सको हार टारेका थिए ।

त्यो गोलसँगै रोनाल्डोले आफ्नो क्लब करियरको ६००औं गोल समेत पूरा गरे । रोनाल्डोले युभेन्ट्सका लागि यस सिजन २७ गोल गरिसकेका छन् । त्यस्तै पाँच गोल आफ्नो पहिलो क्लब स्र्पोटिङ लिस्वोनका लागि गरेका छन् भने ११८औं गोल म्यानचेष्टर युनाइटेडका लागि गरेका छन् । रियल मेड्रिडका लागि भने ४५० गोल गरेका छन् ।


साथै त्यो गोलको आँकडासँगै रोनाल्डोले बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पनि पछि पारेका छन् । शनिबार मात्र मेसीले लेभान्टे विरुद्ध बार्साका लागि एक मात्र निर्णायक गोल गरेका थिए । यद्यपि त्यो गोल मेसीको ५९८औं क्लब गोल्स थियो ।

उता यो बराबरीका बावजुद ३४ खेलबाट ८८ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ । ओल्ड लेडीले यसअघि नै लिग उपाधि भने जितिसकेको छ । त्यसैगरी इन्टर भने ६२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...