फ्रेन्च कपको फाइनलमा साविक विजेता पिएसजी स्तब्ध

एजेन्सी । दश खेलाडीमा सिमित डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा स्तब्धपुर्ण हार बेहोर्न बाध्य भएको छ । शनिबार राती सेन्ट डेनिसमा भएको फाइनल खेलमा पिएसजीले रेनेससँग पेनाल्टी शुटआउटमा ६–५ ले पराजित हुँदै उपाधि जोगाउनबाट चुकेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक २–२ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता पनि पिएसजीले लिएको थियो । तर त्यसलाई जोगाई राख्न भने सकेन । खेलको १३औं मिनटमा डानी आल्वेसको गोलबाट पिएसजीले शुरुवाती अग्रता बनाएको थियो ।

त्यसलगतै २१औं मिनटमा नेमारले त्यो अग्रता दोब्बर पारेका थिए । तर ४०औं मिनटमा प्रिस्नेल किम्पेम्बेले आत्मघाती गोल गर्न पुग्दा पिएसजीले पहिलो गोल खान पुगेको थियो । त्यस्तै ६६औं मिनटमा एडसन सिटोले रेनेसका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।


त्यसपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णाय पेनाल्टीबाट लिनु परेको थियो । जसमा रेनेसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । त्यस्तै खेलको ११८औं मिनटमा काइलन एम्बाप्पेले सोझै रातो कार्ड खाँदै मैदान छाडेपछि पिएसजी अन्तिमतिर दश खेलाडीमा समेत सिमित हुन पुगेको थियो ।

उता बिजेता बनेको रेनेसको यो समग्रमा तेस्रो फ्रेन्च कपको उपाधि थियो । साथै सन् १९७१ पछि पहिलो र ऐतिहासिक उपाधि समेत थियो । पिएसजीको भने सने २०११ पछि पहिलो फाइनल पराजय समेत थियो । स्मरणीय छ, पिएसजीले भर्खरै लगातार पाँचौंपटक फ्रेन्च लिगको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...