बार्सिलोनालाई २६औं ला लिगा उपाधि (भिडियोसहित)

एजेन्सी । साविक विजेता बार्सिलोनाले शनिबार राती २६औं पटक स्पेनीस ला लिगाको उपाधि जित्न सफल भएको छ । घरेलु मैदान नोउ क्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हरउँदै उपाधिमाथि कब्जा जमायो ।

बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसी नै नायक रहे । बुधबार हुने च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पहिलो लेगमा लिभरपुल विरुद्ध खेल्ने तयारीमा रहेको बार्साले मेसीलाई वैकल्पिक खेलाडीका रुपमा मैदानमा उतारेको थियो ।


फिलिपे काउटिन्होको स्थानमा मैदान प्रवेश गरेका मेसीले ६२औं मिनटमा एक मात्र निर्णायक गोल गरे र घरेलु टोलीलाई लिग उपाधि जिताउन निर्णायक भूमिका खेले । ला लिगामा ३४औं गोल गरेका मेसी यस सिजन सर्वाधिक गोलकर्ता समेत हुन् ।

यो जितपछि ३५ खेलबाट ८३ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको एटलेटिको मेड्रिड भन्दा ९ अंकले अगाडी छ । त्यस्तै १७ अंक जोडेको पराजित लेभान्टे भने १५औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...