टोटेनह्याम घरेलु मैदानमै स्तब्ध (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार टोटेनह्याम हट्सपर आफ्नो घरेलु मैदान मै वेस्ट ह्याम युनाइटेडसँग १–० ले स्तब्ध भएको छ । नयाँ स्टेडियममा टोटेनह्यामको यो पाँच खेलमा पहिलो हार समेत हो ।

खेलको ६७औं मिनटमा मिचेल एन्टोनियोले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । हारका बावजुद टोटेनह्याम ३६ खेलबाट ७० अंकका साथ तेस्रो स्थानमा यथावत छ । उता महत्वपूर्ण जित निकालेको वेस्ट ह्याम ४६ अंकका साथ ११औं स्थानमा छ ।


शनिबार नै भएका अन्य खेलहरुमा क्रिष्टल प्यालेस र एभर्टन गोलरहित बराबरीमा रोकिएका छन् भने साउथह्याम्पटन र बर्नमाउथले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । त्यसतै फुलह्यामले कार्डिफलाई १–० ले निराश तुल्याउँदा वोल्भरह्याम्पटनले वाटफोर्डलाई २–१ ले हराएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...