ब्राजिलियन स्टार नेमारलाई प्रतिबन्ध

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेमारमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धसँगै नेमारले आगामी सिजनको च्याम्पियन्स लिगतर्फ समूह चरणको आधा खेलहरु गुमाउने भएका छन् ।

स्मरणीय छ, यसै सिजन च्याम्पियन्स लिगको नकआउट चरणतर्फ दोस्रो लेगको खेलमा पिएसजीले म्यानचेष्टर युनाइटेडसँग अप्रत्याशित हार बेहोरेपछि नेमारले सामाजिक सञ्जालमा म्याच अफिसियलको आलोचना गरेका थिए ।


सो खेलमा रेफ्री डामीर स्कोमिनाले म्यानचेष्टरलाई पेनाल्टी दिने निर्णयलाई नेमारले फुटबल खेलकै अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना र आक्रोश पोखेका थिए । सो खेलमा नेमार चोटका कारण स्ट्याण्डमा बसेर खेल हेरेका थिए ।

सो पेनाल्टीमा मार्कश रेशफोर्डले पेनाल्टीबाट म्यानचेष्टरका लागि महत्वपुर्ण गोल गरेका थिए । नेमार तीन महिनापछि गत आइतबार मात्र वैकल्पिक खेलाडीका रुपमा लिग वान म्याचतर्फ मैदानमा फर्किएका थिए । त्यो खेलमा पिएसजीले मोनाकोलाई हराउँदै फ्रेन्च लिगको उपाधि समेत उचालेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...