लिभरपुलद्वारा शिर्ष स्थान कब्जा (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगतर्फ यस सिजन शानदार लयमा रहेको लिभरपुलले शुक्रबार राती उत्कृष्ट जित हात पार्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेशन क्षेत्रको हडर्सफिल्डलाई ५–० को फराकिलो अन्तरले हरायो ।

यो जितसँगै लिभरपुलले साविक विजेता म्यानचेष्टर सिटीमाथि दबाब कायम राख्न समेत सफल भयो । लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले २–२ गोल गरे । यद्यपि खेलमा रेड्सका लागि शुरुवाती गोल भने पहिलो मिनटमै नावी किटाले गरेका थिए ।


त्यस्तै सलाहले पहिलो हाफको इन्जुरी समयमा र ८३औं मिनटमा गरी दुई गोल गरेका थिए भने मानेले २३औं र ६६औं मिनटमा गरी दुई गोल गरेका थिए । यो जितसँगै ३६ खेलबाट ९१ अंकका साथ शिर्ष स्थानमा उक्लिएको लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अगाडी छ । यद्यपि सिटीले एक खेल कम खेलेको छ ।

प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो सर्वाधिक अंक समेत हो । यसअघि रेड्सले सन् १९७८–७९ को सिजनमा ९८ अंंक जोडेको थियो । उता पराजित हडर्सफिल्ड भने १४ अंकका साथ पुछारमा छ । साथै यसअघि नै रेलिगेशनमा समेत परिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...