बराबरीमा रोकियो रियल (भिडियोसहित)

एजेन्सी । यस सिजन एकनासको प्रदर्शन गर्न नसकिरहेको रियल मेड्रिडले बिहीबार राती स्पेनिस ला लिगातर्फ गेटाफेसँग गोलरहित बराबरी खेलेको छ ।

गेटाफेको घरेलु मैदानमा भएको त्यो बराबरी नतिजासँगै सन् २०१२ पछि गेटाफेले रियल विरुद्ध पहिलोपटक अंक खोस्न सफल भएको छ । स्मरणीय छ, यसअघि रियलले गेटाफेविरुद्ध पछिल्ला १० खेलहरुमा जित निकालेको थियो ।


यो नतिजासँगै ३४ खेलबाट ६५ अंक जोडेको रियल तेस्रो स्थानमा छ भने ५५ अंक जोडेको गेटाफे चौथो स्थनमा छ । त्यस्तै ८० अंकका साथ बार्सिलोना भने शिर्ष स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...