चेल्सीलाई हराउँदै फेरि शिर्ष स्थानमा उक्लियो लिभरपुल (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ उपाधि होडमा रहेको लिभरपुलले आइतबार राती बलियो प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै फेरि शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीमाथि २–० को जित निकाल्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए तापनि दोस्रो हाफमा भने लिभरपुलले नाटकीय रुपमा पाँच मिनट भित्र दुई गोल गर्न सफल भएको थियो । खेलको ५१औं मिनटमा साडियो मानेले रेड्सका लागि पहिलो गोल गरे भने लगतै ५३औं मिनटमा मोहमद सलाहले दोस्रो गोल गर्दै घरेलु टोलीको रोमाञ्चक जित सुनिश्चित गरे ।


यो जितसँगै ३४ खेलबाट ८५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । आइतबार नै क्रिष्टल प्यालेसलाई ३–१ ले हराउँदै केही समयका लागि शिर्ष स्थानमा उक्लिएको साविक विजेता म्यानचेष्टर सिटी पून दोस्रो स्थानमा झरेको छ । त्यस्तै उता पराजित चेल्सी भने ६६ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...