लगातार नवौं जितका साथ शिर्ष स्थानमा फर्कियो सिटी (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगतर्फ आइतबार भएको खेलमा लगातार नवौं जित हात पारेको साविक विजेता म्यानचेष्टर सिटी अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । इङलिस स्टार विंगर रहिम स्टर्लिङले दुई गोल गरेको खेलमा सिटीले क्रिष्टल प्यालेसलाई उसकै घरमा ३–१ ले हरायो ।

सिटीका लागि खेलको १५औं र ६३औं मिनटमा स्टर्लिङले शुरुवाती दुई गोल गरेका थिए । यद्यपि खेलको ८१औं मिनटमा लुका मिलिवोजेविकले प्यालेसका लागि एक गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि त्यो सफल भएन । उता ९०औं मिनटमा ग्याब्रियल जेससले तेस्रो गोल गर्दै सिटीको शानदार जित पक्का गरे ।


यो जितसँगै ३३ खेलबाट ८३ अंक जोडेको सिटी शिर्ष स्थानमा उक्लिएको छ । ८२ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुलले आइतबार राती नै चेल्सीको सामना गर्दैछ । लिभरपुलले आफू अनुकुल नतिजा निकाले सिटीलाई पछि पार्दै फेरि शिर्ष स्थानमा उक्लिने छ । उता पराजित क्रिष्टल प्यालेस भने ३९ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...