सान्चो चम्किदा डर्टमुन्ड शिर्ष स्थानमा उक्लियो (भिडियोसहित)

एजेन्सी । बुण्डेसलिगातर्फ शनिबार राती इङल्याण्डका युवा फरवार्ड जडोन सान्चोले दुई निर्णायक गोल गरेपछि बोरुसिया डर्टमुन्ट लितालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा डर्टमुन्डले मैन्जलाई २–१ ले हरायो र शिर्ष स्थान कब्जा गर्न सफल भयो ।

डर्टमुन्टका लागि खेलको १७औं मिनटमा सान्चोले उत्कृष्ट हाफ भली गोल गरे । त्यस्तै पहिलो हाफकै २४औं मिनटमा सान्चोले दोस्रो गोल गर्दै डर्टमुन्डको जित पक्का गरेका थिए । उता पराजित मैन्जका लागि रोबिन केसनले ८३औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काए ।


यो जितपछि २९ खेलबाट ६६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको डर्टमुन्ड साविक विजेता बायर्न भन्दा २ अंकले अगाडी छ । यद्यपि बायर्नले एक खेल कम खेलेको छ । पराजित मैन्ज भने ३३ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...