शाहीन आसमायी एफसी विरुद्धको खेल अघि मनाङको तयारी

फागुन १० /  बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलमा मनाङ मस्र्याङ्दीले दोस्रो खेलमा शाहीन आस्मायी फुटबल क्लबसँग बुधबार खेल्दैछ । त्यसको लागि मनाङले तयारी पूरा गरेको छ ।

समूहचरणको दोस्रो खेलमा मनाङले अफगानी टीम शाहीन आस्मायीसँग एमए अजिज रंगशाला चित्तागोङमा नेपाली समयानुसार दिउँसो पौने चार बजे खेल्दैछ ।

खेलको पूर्वसन्ध्यामा दुई घण्टा तयारी गरेको जनाईएको छ । मनाङले समूहको अन्तिम खेल आयोजक एवं साविक विजेता चित्तागोङ अहवानीसँग शुक्रबार खेल्नेछ ।

मनाङले बंगलादेशको मोहमदन स्पोर्टिङ क्लवलाई २–० ले हराउँदै विजयी सुरुवात गरिसकेको छ । प्रतियोगितामा सहभागी नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लवलाई २ वटा समूहमा बाँडिएको छ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...