रियल मेड्रिडले ब्राजिलियन युवा डिफेन्डरलाई अनुबन्ध गर्ने निश्चित

एजेन्सी । स्पेनीस जायन्ट रियल मेड्रिडले पोर्चुगिज क्लब पोर्टोबाट ब्राजिलियन युवा डिफेन्डर इडेर मिलिटाओलाई अनुबन्ध गर्न सहमत भएको छ । बीबीसीका अनुसार रियल र पोर्टो बीच २१ बर्षिय मिलिटाओलाई यस सिजनको अन्त्यमा अनुबन्ध गर्ने सहमति भएको हो ।

रिपोर्टअनुसार मिलिटाओका लागि ५० मिलियन खर्चिन लागेको रियलले यी ब्राजिलियन सेन्टर ब्याकसँग सन् २०२५ सम्मको सम्झौता गर्नेछ । स्मरणीय छ, फ्रेन्च लिजेण्ड जिनेदिन जिदान रियलमा फर्किएपछि क्लबले अनुबन्ध गरेको मिलिटाओ पहिलो खेलाडी बनेका छन् ।


मिलिटाओलाई पोर्टोले सन् २०१८ मा ब्राजिलियन क्लब साओ पाउलोबाट अनुबन्ध गरेको थियो । यस सिजन पोर्टोका लागि ३४ खेल खेलेको मिलिटाओले क्लबलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...