लिभरपुल लगातार दोस्रोपटक क्वाटरफाइनलमा (भिडियोसहित)

एजेन्सी । गत संस्करणको उपविजेता समेत रहेको लिभरपुल लगातार दोस्रोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती नकआउट चरणको दोस्रो लेगतर्फ बायर्न म्युनिखलाई उसकै घरमा ३–१ ले हराउँदै रेड्सले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

यसअघि पहिलो लेगतर्फ एनफिल्डमा गोलरहित बराबरी खेलेको लिभरपुलले बुधबार रातीको नतिजासँगै समग्रमा ३–१ कै अग्रताका साथ क्वाटरफाइनलमा स्थान बनायो ।


आलियान्ज एरेनामा लिभरपुलका लागि साडियो मानेले २६ औं मिनटमा पहिलो गोल गरे । तर ३९ औं मिनटमा जोएल मेटिपले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो । यद्यपि ६१ औं मिनटमा भर्जिल भान डाईकले लिभरपुलका लागि दोस्रो गोल गरे भने ८४ औं मिनटमा मानेले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।

उता यो हारसँगै सन् २०१०–११ पछि बायर्न पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्नबाट असफल भएको छ । यसअघि त्यतिबेला जर्मन जायन्टले इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानसँग स्तब्धपूर्ण हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...