शेख कमल अन्तर्राष्ट्रिय कप: मनाङको बिजयी सुरुवात, मोहमदन स्पोर्टिङ क्लव २–० ले पराजित

फागुन ८ – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलमा मनाङ मस्र्याङ्दीले बिजयी सुरुवात गरेको छ ।चटगाउँमा आइतबार भएको खेलमा मनाङले बंगलादेशको मोहमदन स्पोर्टिङ क्लवलाई २–० ले हराएको हो । समूह बिमा रहेको मनाङलाई ३ अंक दिलाउन ओवालाले र बिशाल राईले गोल गरे ।

प्रतियोगिताको समूह बी मा रहेको मनाङले सुरुवातदेखि नै मोहमेदनलाई दवावमा राखेको थियो । मनाङले पहिलो हाफमा गोल गर्न नसकेपनि दोस्रो हाफको सुरुमै अग्रता लियो । ५३औं मिनेटमा रोहित चन्दको पासमा स्ट्राइकर ओलावाले अफिजले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । अफिज खेलको म्यान अफ द म्यानसमेत चुनिए ।

खेल सकिनु ३ मिनेटअघि मनाङले दोस्रो गोल गर्दै जित सुनिश्चित गरायो । बिशाल राईले गोल गरेका थिए । प्रतियोगितामा सहभागी नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लवलाई २ वटा समूहमा बाँडिएको छ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...