कोपा डेल रे : डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको अप्रत्याशित हार (भिडियोसहित)

एजेन्सी । साविक विजेता बार्सिलोनाले कोपा डेल रे को प्रिक्वाटरफाइनलतर्फ पहिलो लेगमा अप्रत्याशित हार बेहोरेको छ । भ्यालेन्सियामा सम्पन्न पहिलो लेगको खेलमा बार्साले लेभान्टेसँग १–२ को हार बेहोरेको हो ।

खेल शुरु भएको चौथो मिनटमै एरिक काबाकोले गोल गर्दै लेभान्टेलाई शुरुवाती अग्रता दिलाएका थिए । लगतै १८ औं मिनटमा बोर्जा मायोरलले दोस्रो गोल गरे । उता मेसी बिना उत्रिएको पराजित बार्साका लागि ८५ औं मिनटमा फिलिपे काउटिन्होले पेनाल्टीबाट एक मात्र सान्त्वना गोल फर्काए ।


यो जितसँगै लेभान्टेले तीन साताअघि ला लिगामा बार्सासँग बेहोरेको ५–० को हारको बदला समेत लिएको थियो । त्यो खेलमा मेसीले ह्याट्रिक समेत गरेका थिए । अब दोस्रो लेगको खेल आउँदो बिहीबार बार्साको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...