एसियन कप : नकआउट चरणमा पुग्ने जोर्डन पहिलो टोली

एजेन्सी । आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराएको जोर्डनले बिहीबार लगातार दोस्रो जित हात पार्दै युएईमा जारी एसियन कपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

समूह बी मा रहेको जोर्डनले बिहीबार अल–ऐनमा सम्पन्न खेलमा सिरियालाई २–० ले हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएको हो ।


जोर्डनका लागि पहिलो हाफको २६ औं मिनटमा सुलिमान अल–तामरीले पहिलो गोल गरे । त्यस्तै पहिलो हाफ कै ४३ औं मिनटमा तारेक खत्तबले दोस्रो गोल गरे । जुन टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...