फिफा क्लब विश्वकपको फाइनल आज, उपाधिमाथि ह्याट्रिक गर्ने रियलको योजना

एजेन्सी । फिफा क्लब विश्वकपको उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा रहेको डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले आज घरेलु टोली अल ऐनको सामना गर्दैछ ।

अबुधाबी स्थित जायद स्पोर्टस् सिटी स्टेडियममा नेपाली समयअनुसार राती १०१५ मा शुरु हुने आजको फाइनल भिडन्तमा रियललाई नै बलियो प्रत्याशी मानिएको छ ।

फाइनल प्रवेश गर्ने क्रममा रियलले जापानीज क्लब काशिमा एन्टलर्समाथि ३–१ को सहज जित हात पारेको थियो । रियलको त्यो जितमा वेल्स स्टार गारेथ बेलले ह्याट्रिक गरेका थिए ।


उता पहिलो क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको अल ऐनले भने सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन रिभर प्लेटलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराएको थियो ।

प्रतियोगिताको फाइनल अघि तेस्रो स्थानका लागि काशिमा एन्टलर्स र रिभर प्लेट पनि आज नै आमने सामने हुँदैछन् । तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार बेलुका ७१५ मा शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...