डर्टमुण्डलाई ९ अंकको स्पष्ट अग्रता (भिडियोसहित)

डर्टमुण्डका लागि दोस्रो गोल गरेपछि मार्को रियुस (दाँया) ।

एजेन्सी । जर्मन बुण्डेसलिगामा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बोरुसिया डर्टमुण्डले शुक्रबार राती बोरुसिया मोन्चेनग्लाडबेचलाई २–१ ले हराउँदै अंकतालिकामा ९ अंकको स्पष्ट अग्रता बनाएको छ ।

डर्टमुण्डको जितमा यस सिजन युरोपियन फुटबलमा चर्चा कमाईरहेका १८ बर्षिय इङलिस विंगर जेडन सान्चो पहिलो गोल गरे । यस सिजन सान्चोको यो सातौं गोल समेत थियो ।


उता पहिलो हाफ कै इन्जुरी समयमा क्रिष्टोफ क्रेमरले मोन्चेनग्लाडबेचका लागि बराबरी गोल फर्काए । तर दोसं्रो हाफको ५४ औं मिनटमै मार्को रियुसले र्डटमुण्डका लागि दोस्रो गोल गर्दे टोलीको जित पक्का गरे । स्मरणीय छ कि डर्टमुण्डले गरेको दुवै गोलका लागि मारियो गोजेले पास मिलाइदिएका थिए ।

यो जितसँगै १७ खेलबाट ४२ अंक जोडेको डर्टमुण्ड शिर्ष स्थानमा छ । उता दोस्रो स्थानमा रहेको मोन्चेनग्लाडबेच भने ३३ अंकका साथ दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...