सलाह चम्किदा लिभरपुललाई चार अंकको अग्रता

एजेन्सी । मोहमद सलाह नायक बनेपछि प्रिमियर लिगमा शुक्रबार राती लिभरपुलले वोल्भरह्याम्पटनलाई उसकै घरमा २–० ले हराउँदै शिर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

खेलमा लिभरपुलका लागि दुवै गोलमा सलाहको योगदान रह्यो । पहिलो गोल खेलको १८ औं मिनटमा फाबिन्होको पासमा सलाहले गरे । त्यस्तै दोस्रो गोल ५८ औं मिनटमा सलाहको पासमा भर्जिल भान डाइकले गरे ।


यो जितसँगै १८ खेलबाट ४८ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेष्टर सिटी भन्दा ४ अंकले अगाडी छ । यद्यपि शनिबार नै सिटीले क्रिष्टल प्यालेससँग घरेलु मैदानमा खेल्दैछ र त्यो खेलमा जित हात पारे सिटीले शिर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी छोट्याउन सक्छ ।

प्रिमियर लिगमा यस सिजन ११ गोल गरेका सलाह खेलको म्यान अफ द म्याच समेत घोषित भए । उता पराजित वोल्भरह्याम्पटन भने २५ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...