विश्वको करिब आधा जनसंख्याले हेरेका थिए रसिया विश्वकप !

एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार यसै बर्ष सम्पन्न रसिया विश्वकप विश्वको लगभग आधी जनसंख्याले प्रत्यक्ष हेरेका थिए । बीबीसीमा प्रकाशित खबरअनुसार किर्तिमानी ३ अरब ५७ करोड जनसंख्याले रसिया विश्वकप टिभीमा प्रत्यक्ष हेरेका थिए ।


त्यस्तै एक अरब भन्दा बढी जनसंख्याले विश्वकपको फाइनल प्रत्यक्ष हेरेका थिए । त्यसैगरी दोस्रो सेमिफाइनलतर्फ क्रोएशियाले इङल्याण्डलाई हराएको खेल ३२ करोड ७५ लाख जनसंख्याले प्रत्यक्ष हेरेका थिए ।

यसै बर्षको १४ जुनदेखि १५ जुलाईसम्म रुसको विभिन्न शहरहरुमा भएको फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको थियो । उपाधि जित्ने क्रममा फ्रान्सले फाइनलमा क्रोएशियालाई ४–२ ले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...