रोनाल्डोलाई जेल सजाय हुने मिति घोषणा

एजेन्सी । कर छलीको आरोपमा दोषी पाइएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई जेल सजाय हुने मिति घोषणा गरिएको छ । यस बर्षको जुलाईमा स्पेनीस अथोरिटीसँग रोनाल्डोले १६.९ मिलियन पाउण्ड जरिवाना र दुई बर्षको जेल सजाय भोग्ने सहमति बनाएका थिए ।

स्पेनीस राज्यकोषले रोनाल्डोमाथि सन् २०११ र २०१४ सम्म १२.८ मिलियन पाउण्ड कर नतिरेको आरोप लगाएको थियो । यद्यपि रोनाल्डोलाई जेलमा भने बस्नु पर्ने छैन । स्पेनको कानुनले दुई बर्ष वा सो भन्दा कम जेल सजाय तोकिएकाले जेल जीवन बिताउनु पर्दैन ।


मिरर फुटबलका अनुसार सन् २०१९ को २१ तारीखका दिन मेड्रिडको एक स्थानीय अदालतमा रोनाल्डोको सजायबारे घोषणा गरिनेछ । स्रोतका अनुसार रोनाल्डोलाई त्यो सुनुवाईका क्रममा उपस्थिति जनाउन आवश्यक पर्ने छैन । बरु उनले त्यो सुनुवाई भिडियो कन्फिरेन्सबाट पनि हेर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...