२८ बर्षिय भारतीय फुटबलरले उमेर लुकाएर १६ बर्ष बनाएपछि प्रतिबन्धित

एजेन्सी । अल इण्डिया फुटबल फेडरेशनले इण्डियन सुपर लिग क्लब जमशेदपुर एफसीका फरवार्ड गौरव मुखीलाई आफ्नो उमेर लुकाएको भन्दै निलम्बन गरेको छ । चर्चित साईट डेलीमेलका अनुसार मुखीले आफ्नो विवरणमा उमेर १६ बर्ष बताएका थिए । तर डेलीमेलका अनुसार उसको वास्तविक उमेर २८ बर्ष थियो ।

गत अक्टुबरमा उनी इण्डियन सुपर लिगमा गोल गर्ने सबैभन्दा कान्छा फुटबलर बन्ने संघारमा थिए । त्यतिबेला मुखीले बेंगलुरु विरुद्ध भएको २–२ को रोमाञ्चक बराबरी खेलमा जमशेदपुरका लागि उत्कृष्ट बराबरी गोल गरेका थिए । तर उनले उमेर लुकाएको प्रमाणित भएपछि इण्डियन एफएले उनलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ ।

उनीमाथि अहिले ठगीको आरोप समेत लागेको छ । इण्डियन एफएको अनुशासन कमिटीले गौरव मुखीलाई उमेर लुकाएको आरोपमा दोषी पाएपछि तत्काल प्रभावका रुपमा निलम्बन गरेको हो ।

स्मरणीय छ कि उनले उमेर लुकाएको घट्ना पहिलोपटक भने होईन । यसअघि सन् २०१५ मा पनि उनले उमेर लुकाएपछि मुखीलाई भारतीय यु–१६ टोलीको क्याम्पबाट पनि बाहिर निकालिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...