ज्लाटनले गरे ग्यालेक्सीसँग नयाँ सम्झौता

एजेन्सी । पूर्व स्वीडस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सीसँग थप एक बर्षको नयाँ सम्झौता गरेका छन् । यो सम्झौतासँगै ३७ बर्षिय ज्लाटन आगामी सिजन पनि ग्यालेक्सीका लागि मेजर लिग सकर खेल्ने पक्का भएको छ ।

ज्लाटनको नयाँ अनुबन्धबारे एलए ग्यालेक्सीले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट पुष्टी गरेको छ । यसअघि बाहिर हल्ला चले अनुसार ज्लाटन फेरि आफ्नो पूर्व इटालियन क्लब एसी मिलान फर्किने रिपोर्टहरु पनि सार्वजनिक थियो । तर ती सबै हल्लालाई उनले हल्ला मै सिमित बनाइदिएका छन् ।


ग्यालेक्सीले पोष्ट गरेको एक भिडियोमा ज्लाटने ती हल्लाहरुबारे बोल्दै भनेका छन्, “त्यहाँ धेरै हल्ला भईरहेको थियो, धेरै कुराहरु चलिरहेका थिए, तर वास्तवमा मैले कहिल्यै छोडेन ।” स्मरणीय छ कि केही साता अघिमात्र ज्लाटनले अमेरिकामा आफूले अझै गर्नुपर्ने काम बाँकी रहेको भन्दै आफू ग्यालेक्सी मै रहनेतर्फ संकेत गरेका थिए ।


गत सिजन मात्र म्यानचेष्टर युनाइटेडबाट एलए ग्यालेक्सीमा आवद्ध भएका ज्लाटनले अमेरिकी क्लबका लागि समग्रमा २७ खेल खेल्दै २२ गोल समेत गरेका छन् । साथै ६ गोलको एसिस्ट पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...