लिग कपको सेमिफाइनलमा फेरि ‘लण्डन डर्बी’ भिडन्त हुने पक्का

एजेन्सी । इङलिस लिग कप (काराबाओ कप) तर्फ बुधबार सम्पन्न क्वाटरफाइनल खेलहरुसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिताको सेमिफाइनल ड्र बुधबार नै निकालिएको थियो ।

दुई लेगमा हुने सेमिफाइनल भिडन्ततर्फ साविक विजेता म्यानचेष्टर सिटीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी बर्टन अल्बिअनलाई पाएको छ । त्यस्तै अर्को सेमिफाइनलमा भने फेरि लण्डन डर्बी भिडन्त हुने भएको छ ।


लण्डन डर्बी भिडन्त तर्फ चेल्सीले अर्को शहरी प्रतिद्वन्द्वी टोटेनह्याम हट्सपरको सामना गर्ने भएको छ । लिगको पहिलो लेगतर्फ ८ जनवरीका दिन चेल्सीले वेम्बली स्टेडियममा टोटेनह्यामको सामना गर्नेछ भने म्यानचेष्टर सिटीले ऐतिहाद स्टेडियममा बर्टनको स्वागत गर्नेछ ।

त्यस्तै दोस्रो लेगको खेलतर्फ २२ जनवरीका दिन चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रीजमा टोटेनह्यामको आतिथ्यता गर्दा म्यानचेष्टर सिटीले बर्टनको यात्रा तय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...