दुई रातो कार्ड देखाइएको खेलमा बायर्नको कठिन जित (भिडियोसहित)

एजेन्ुसी । जर्मन बुण्डेसलिगातर्फ बुधबार राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले आरबी लिपजिगलाई १–० ले हराउँदै लिगलिडर बोरुसिया डर्टमुण्डसँगको दुरी छोटयाएको छ ।

म्युनिखको घरेलु मैदान आलियान्ज एरेनामा सम्पन्न खेलको ८३ औं मिनटमा फ्रेन्च स्टार फ्रान्क रिबेरीले एक मात्र निर्णायक गोल गरे । यद्यपि खेलको अन्तिम मिनटमा दुवै टोली दश खेलाडीमा सिमित हुन पुगेका थिए ।


खेलको ९० औं मिनटमा लिपजिगका लागि सटेफन इलसंकेरले सोझै रातो कार्डको सामना गर्नुपरेको थियो भने बायर्नका रेनाटो सान्चेजले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो ।

यो जितपछि १६ खेलबाट ३३ अंक जोडेको म्युनिख तेस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको बोरुसिया डर्टमुण्ड भन्दा ६ अंकले पछाडी छ । उता पराजित लिपजिग भने २८ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...