चेल्सीको जितमा ‘सुपर सब’ हजार्डको निर्णायक गोल

गोल गरेपछि हजार्ड (बाँया) ।

एजेन्सी । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेल्जियन स्टार इडन हजार्डले रोमाञ्चक निर्णायक गोल गरेपछि इङलिस लिग कपको क्वाटरफाइनलमा चेल्सीले बर्नमाउथलाई १–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले बर्नमाउथ विरुद्ध अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखे तापनि गोलका लागि भने संघर्ष गर्नुपर्यो । दोस्रो हाफतर्फ ६१ औं मिनटमा रोस बार्कलेको स्थानमा मैदान प्रवेश गरेका हजार्डले ८४ औं मिनटमा निर्णायक गोल गरे ।


हजार्डले यस सिजन कुल १९ गोलमा आफ्नो योगदान दिएका छन् । त्यसमध्ये उनले यस सिजन १० गोल गरेका छन् भने ९ एसिस्ट गरेका छन् । जुन अन्य प्रिमियर लिगका खेलाडीहरुको भन्दा बढी समेत हो । यो नतिजासँगै चेल्सीले सन् २००७–०८ पछि पहिलोपटक लगातार दुई सिजन लिग कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...