नर्थ लण्डन डर्बीमा टोटेनह्यामको बदला

एजेन्सी । चर्चित इङलिस लिग कपको क्वाटरफाइनलतर्फ नर्थ लण्डन डर्बीमा बुधबार राती टोटेनह्याम हट्सपरले आर्सनललाई २–० ले यसै महिनाको शुरुवातमा बेहोरेको हारको बदला समेत लिएको छ ।

यसअघि प्रिमियर लिगतर्फ डिसेम्बर २ तारीखका दिन भएको पहिलो नर्थ लण्डन डर्बीमा आर्सनलले आफ्नो घरेलु मैदान एमिरेट्स स्टेडियममा टोटेनह्यामलाई ४–२ ले हराएको थियो । रोचक कुरा त बुधबार राती टोटेनह्यामले आर्सनललाई सोही मैदानमा हराउँदै बदला लिएको छ ।


टोटेनह्यामको जितमा कोरियन स्टार ह्युङ–मिन सनले २० औं मिनटमा पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ५९ औं मिनटमा इङलिस फरवार्ड डेले अलीले पाहुना टोलीको अग्रता दोब्बर पार्नुका साथै टोलीको जित पनि पक्का गरेका थिए । लिग कपमा सन् २००८ पछि आर्सनलले टोटेनह्यामसँग बेहोरेको यो पहिलो हार समेत हो ।

साथै लिग कपमा यो आर्सनल र टोटेनह्यामको १४ औं भेट थियो । जुन प्रतियोगिताको इतिहासमै दुई टोलीबीच भएको सबैभन्दा बढी भिडन्त समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...