बेलको ह्याट्रिकसँगै रियल क्लब विश्वकपको फाइनलमा (भिडियोसहित)

एजेन्सी । वेल्स फरवार्ड गारेथ बेलले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड युएईमा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती अबुधाबीमा सम्पन्न दोस्रो सेमिफाइनलमा रियलले जापानीज क्लब काशिमा एन्टलर्सलाई ३–१ ले हरायो ।

रियलका लागि खेलको ४४, ५३ र ५५ औं मिनटमा गोल गर्दै बेलले ह्याट्रिक पूरा गरे । उता काशिमाका लागि ७८ औं मिनटमा शोमा डोइले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।


क्लब विश्वकपको उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा रहेको रियलले फाइनलमा घरेलु टोली अल ऐनको सामना गर्नेछ । अल ऐनले मंगलबार मात्र दक्षिण अमेरिकी च्याम्पियन रिभर प्लेटलाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...