बार्सिलोनाका मिडफिल्डर राफिन्हालाई एडिडासले भन्यो “जुत्ता लगाउ वा जरिवाना तिर

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर राफिन्हालाई विश्व चर्चित एडिडासको बुट लगाउन वा १ मिलियन युरोको हाराहारीमा जरिवाना तिर्न आदेश दिइएको छ । २५ बर्षिय राफिन्हाले एडिडाससँगको सम्झौता गत समर मै सकिएको भन्दै मिजुनोको अर्को बुट प्रयोग गरेका थिए ।

तर जर्मन स्पोर्टस् जायन्ट एडिडासले यी ब्राजिलियन मिडफिल्डर विरुद्ध मुद्दा दायर गरेको छ । उता राफिन्हाका अनुसार आफूलाई हालै दुई गम्भिर चोट लाग्दा एडिडासले सहयोग नगरेको भनाई छ । त्यसैले उनले एडिडाससँगको पाँच बर्षको सम्झौता अन्त्य गरेको दावी समेत छ ।

यसबारेमा न्यायधिशले राफिन्हा कानुनी रुपमा पोख्त नभए तापनि प्रायोजन सम्बन्धी सम्झौता कसरी चल्छ यसबारेमा उनलाई राम्रोसँग थाहा भएको बताएका छन् । खासगरी राफिन्हा हाल गत महिला एटलेटिको मेड्रिड विरुद्धको खेलमा लिगामेन्टको गम्भिर चोटका कारण मैदान बाहिर छन् ।


राफिन्हाले एडिडाससँग सम्झौतामा हस्ताक्षर गरेको डच शहर आम्स्टरडमको एक अदालतले उनलाई कम्पनीसँगको सम्झौता उल्लघंन गरे प्रत्येक दिन १० हजार युरो तिर्न निर्देशन दिएको छ । जुन उनको एडिडाससँगको सम्झौता अनुसार बढीमा १ मिलियन युरो हुन आउँछ ।

अदालतले राफिन्हालाई ट्रायल खर्च पनि तिर्न आदेश दिएको छ । जुन थप महँगो भईदिन सक्छ । उता एडिडासले पनि खेलाडीले गत जुलाई १ देखि सम्झौता भंग गरेकोले सोही अनुसार १ मिलियन युरो जरिवाना चाहन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...