मेसीलाई किर्तिमानी पाँचौंपटक गोल्डेन बुट अवार्ड

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले किर्तिमानी पाँचौंपटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् । यो अवार्ड मेसीले लगातार दोस्रोपटक समेत जित्न सफल भएका छन् । साथै पाँच फरक सिजनमा यो अवार्ड जित्ने उनी पहिलो खेलाडी समेत बनेका छन् ।

युरोपको टप लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने यो अवार्ड मेसीले गत बर्ष पनि जितेका थिए । मेसीले गत सिजन कुल ३४ गोल गर्दै युरोपको टप गोलस्कोरिङ चार्टमा शिर्ष स्थानमा रहे । ३१ बर्षिय यी अर्जेन्टिनी स्टारले सन् २०१६–१७ को सिजनमा पनि यो अवार्ड जितेका थिए । त्यतिबेला उनले कुल ३७ गोल गरेका थिए ।

मेसीकै प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले गत सिजन स्पेनीस ला लिगाको उपाधि समेत जितेको थियो । साथै यो अवार्ड धेरैपटक जित्ने खेलाडीको सूचीमा मेसीले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोले यो अवार्ड कुल ४ पटक जितेका छन् र यो अवार्ड जित्ने खेलाडीको सूचीमा मेसीपछि दोस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...