डर्टमुण्डको अपराजित यात्रामा पुर्णविराम (भिडियोसहित)

एजेन्सी । यस सिजन बुण्डेसलिगामा अपराजित रहेको लिगलिडर बोरुसिया डर्टमुण्डको अपराजित यात्रामा मंगलबार पूर्णविराम लागेको छ । अप्रत्याशित हारको सामना गर्ने क्रममा डर्टमुण्डले मंगलबार राती अंकतालिकाको तल्लो स्थानमा रहेको फर्चुना डसेलडर्फसँग उसकै घरमा २–१ को हार बेहोर्यो ।

खेलमा घरेलु टोली फर्चुनाका लागि २२ औं मिनटमा डोडी लुकबेकियोले पहिलो गोल गरे । पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको घरेलु टोलीका लागि जिन जिम्मरले ५६ औं मिनटमा दोस्रो गोल गरे । उता डर्टमुण्डका लागि ८१ औं मिनटमा पाको अल्कासरले एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।


यस सिजन फर्चुनाको यो चौथो जित हो । यो जितपछि १६ खेलबाट १५ अंक जोडेको फर्चुना रेलिगेशन क्षेत्रभन्दा दुई स्थान माथि १५ औं स्थानमा छ । उता पराजित डर्टमुण्ड भने हारका बावजुद ३९ अंकका साथ शिर्ष स्थानमा छ र ६ अंकको स्पष्ट अग्ता कायम राखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...