फ्रेन्च फरवार्डले गरे म्यानचेष्टर युनाइटेडसँग नयाँ सम्झौता

एजेन्सी । फ्रेन्च फरवार्ड एन्थोनी मार्शलले आफ्नो वर्तमान क्लब म्यानचेष्टर युनाइटेडसँग थप एक बर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । २३ बर्षिय मार्शलको क्लबसँगको सम्झौता आउँदो समरमा समाप्त हुँदै थियो ।

नयाँ सम्झौता अनुसार अब यी फ्रेन्च फरवार्ड सन् २०२० सम्म ओल्ड ट्राफोर्डमा रहने निश्चित भएको छ । यद्यपि मार्शलका प्रतिनिधिले क्लबसँग यो नयाँ सम्झौताका लागि थय छुट्टै डील गर्न आवश्यक छलफल जारी राखेका छन् । बीबीसीका अनुसार मार्शलका एजेन्ट फिलिपे लाम्बोलीले क्लबसँगको त्यो छलफलबाट सकरात्मक निष्कर्ष निस्किने विश्वास व्यक्त गरे ।


रेड डेभिल्सले मार्शललाई सन् २०१५ मा अनुमानित ३६ मिलियन पाउण्डमा मोनाकोबाट ओल्ड ट्राफोर्डमा ल्याएको थियो । त्यतिबेला उनको यो अनुबन्धले मार्शललाई किर्तिमानी महँगो युवा फुटबलर बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...