ज्लाटनले तत्काल अमेरिकी क्लब नछोड्ने निश्चित

एजेन्सी । अन्तत अनेक चर्चा परिचर्चाका बीच स्वीडस फरवार्ड ज्लाटन इब्राहिमोभिच थप एक बर्ष आफ्नो वर्तमान अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सी मै रहने भएका छन् ।

यसै बर्ष म्यानचेष्टर युनाइटेडसँग आपसी सहमतिमा सम्झौता रद्द गरेर मार्चमा अमेरिकी क्लबमा आवद्ध भएका ज्लाटनले ग्यालेक्सीका लागि २७ खेलमा २२ गोल समेत गरे । यद्यपि ज्लाटनको यो उत्कृष्ट प्रदर्शनका बावजुद ग्यालेक्सीले प्ले अफमा स्थान बनाउन भने सकेन ।


उता ३७ बर्षिय ज्लाटन आफ्नौ पूर्व इटालियन क्लब एसी मिलान फर्कने हल्ला समेत चलेको थियो । तर यी पूर्व स्वीडीस इन्टरनेशनलले अमेरिकी क्लबसँग सन् २०१९ सम्म रहने गरी नयाँ सम्झौता नजिक पुगेको आशय व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू अमेरिकी क्लब मै रहने आशय व्यक्त गरेका हुन् । ज्लाटनले ट्वीटरमा क्लबको डेसिङ रुममा उभिएर एक भिडियो अपलोड गरेका छन् । जसमा उनले क्याप्शन लेखेका छन्, “मेरो तिमीसँग अझै काम सकिएको छैन ।”


प्रतिक्रिया दिनुहोस

Loading...