एटलेटिको मेड्रिड विरुद्ध शानदार छ रोनाल्डोको रेकर्ड

एजेन्सी । यसै बर्ष रियल मेड्रिडबाट इटालियन च्याम्पियन युभेन्ट्स पुगेका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो एकपटक फेरि मेड्रिड फर्कने तयारीमा छन् ।

सोमबार निकालिएको च्याम्पियन्स लिगको नकआउट चरणको ड्र तर्फ युभेन्ट्सले रोनाल्डोको पूर्व क्लब रियलको शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडलाई विपक्षीका रुपमा पाएको छ ।

नकआउट चरणतर्फको पहिलो लेगमा युभेन्ट्सले आगामी २० फेब्रुअरीका दिन एटलेटिको विरुद्ध उसकै घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा खेल्न मेड्रिडतर्फ प्रस्थान गर्नेछ । त्यस्तै दोस्रो लेगको खेल भने १२ मार्चका दिन युभेन्ट्सको घरेलु मैदान तुरीनमा हुनेछ ।


रोनाल्डोको कुरा गर्दा ९ बर्ष मेड्रिड बसाईका क्रममा एटलेटिको विरुद्ध यी पोर्चुगिज स्टारको प्रदर्शन उत्कृष्ट र सम्झनलायक रह्यो । एटलेटिको विरुद्ध रोनाल्डोको तथ्यांक हेर्ने हो भने उनले २९ खेल खेल्दै २२ गोल गरेका छन् । जसमा उनले ८ एसिस्ट पनि मिलाइदिएका छन् ।

उनको यो पछिल्लो तथ्यांकलाई हेर्दा रोनाल्डो मेड्रिडमा फेरि पनि जम्न सक्ने अनुमान धेरैले गरेका छन् । यद्यपि त्यसका लागि आम फुटबल समर्थकहरुले २० फेब्रुअरीलाई पर्खनै पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...