महान फुटबलर बन्न नेमारले अनावश्यक डाइभिङ गर्न बन्द गर्नुपर्छ : पेले

एजेन्सी । ब्राजिलियन लिजेण्ड पेलेका अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेमार विश्व कै उत्कृष्ट फुटबल बन्न चाहन्छन् भने उनले हरेक कुरामा डाईभिङ गर्न छोड्नुपर्ने बताएका छन् । पेलेका अनुसार नेमारले अनावश्यक रुपमा डाईभिङ गर्न छोडेर गोल गर्नतर्फ ध्यान केन्द्रित गरे उनी विश्व फुटबल कै उत्कृष्ट फुटबलर बन्न सक्छन् ।

ब्राजीलका लागि तीन विश्वकप उपाधि जितेका पेले आधुनिक फुटबलका सर्वकालिन महान फुटबलर मध्ये एक मानिन्छन् । यो सूचीमा डिएगो म्याराडोना, क्रिष्टियानो रोनाल्डो, लियोनल मेसी जस्ता स्टारहरु पनि छन् । नेमारलाई पनि फुटबलको सर्वकालिन महान फुटबलरकै दर्जामा राख्ने गरिन्छ । यद्यपि धेरैलाई लाग्छ, उनी त्यो स्थानसम्म अझै पुगिसकेका छैनन् ।

यी तमाम कुराहरुका बीच पेलेलाई लाग्छ यदि नेमार विश्वको उत्कृष्ट फुटबलर बन्न चाहन्छन् भने उनले अनावश्यक डाइभिङ र मैदानमा एक्टिङ गर्न बन्दु गर्नुपर्छ ।


फ्रेन्च मिडिया केनल प्लससँग कुरा गर्दै पेलेले भनेका छन्, “मैले सधै भन्दै आइरहेको छु कि नेमार महान खेलाडी बन्न सक्छन् । तर हालैका बर्षहरुमा के भईरहेको छ ? उसले अर्कै रुपमा मैदानमा देखिन शुरु गरेको छ । पिचमा अनावश्यक बहानाबाजी गर्नु, रेफ्रीसँग प्रतिवादन गर्नु । यस्ता कुराहरुले उसको करियरमा नकारात्मक असर परिरहेको छ ।

हामीले सँगै बसेर थुप्रैपटक यसबारे कुरा गरेका छौं । जे भए पनि उनी विश्व कै उत्कृष्ट फुटबलर हुन् । एउटा पिताले सन्तानको आलोचना गर्दैन, बरु उसलाई शिक्षा दिन्छ । नेमार हाम्रो सन्तान हुन् । किनकी उनी सान्तोष क्लबका सन्तान हुन् ।

प्रायः जसो मानिसहरु भन्छन्, म सधै नेमारको बारेमा कुरा गर्छु । तर म उसको भलाईको लागी गर्छु । ब्राजीलका लागि म नेमारलाई शुभकामना दिन चाहन्छु । साथै म उसको सहयोगको लागि सबै कुरा गर्न तयार छु ।”


प्रतिक्रिया दिनुहोस

Loading...