लिभरपुलका म्यानेजर क्लप भन्छन् “म्यानचेष्टर युनाइटेड विरुद्धको जित इङल्याण्डमा अहिलेसम्म कै उत्कृष्ट”

एजेन्सी । प्रिमियर लिगमा आइतबार म्यानचेष्टर युनाइटेडलाई १–३ ले हराएपछि लिभरपुलका म्यानेजर यर्गन क्लपले त्यो जित लिभरपुलको जिम्मेवारी सम्हालेपछि कै उत्कृष्ट बताएका छन् ।

आइतबार एनफिल्डमा सम्पन्न सो खेलमा लिभरपुलले दोस्रंो हाफमा थप आक्रमक बन्दै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जार्डन शाकिरीको दुई गोलको सहयोगमा रेड डेभिल्स विरुद्ध महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको थियो । यसअघि पहिलो हाफ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलपश्चात सञ्चारमाध्यमहरुसँग कुरा गर्दै क्लपले भने, “यो निकै उत्कृष्ट शुरुवात थियो । म लिभरपुलमा आएपछि टोलीको यो अहिलेसम्म कै उत्कृष्ट प्रदर्शन थियो । पहिलो हाफमा पनि हामीले राम्रो खेल्यौं र एक गोल गयौं । तर मलाई लाग्दैन यो युनाइटेड टोली विरुद्ध कसैले पनि यति गोल होला भनेर आश गरेको थिएनन् ।”

क्लपले आइतबार युनाइटेड विरुद्ध आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । साथे आफ्नो टोली हरेक पक्षमा सबल र सन्तुलित देखिएको भन्दै टिमको प्रशंसा समेत गरे ।

यो जितपछि १७ खेलबाट ४५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । साथै दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी भन्दा एक अंकले अगाडी पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...