कोपा डेल रे : फराकिलो जितका साथ रियल मेड्रिड प्रिक्वाटरफाइनलमा (भिडियोसहित)

रियलका लागि गोल गरेपछि मार्को एसेन्सियो (दाँया) ।

एजेन्सी । आधा दर्जन गोल गर्दै युरोपियन च्याम्पियन रियल मेड्रिड प्रतिष्ठित कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ ३२ को दोस्रो लेगको खेलतर्फ बिहीबार घरेलु मैदान सान्टियागो बर्नबेयुमा सम्पन्न खेलमा रियलले तेस्रो डिभिजनको टोली मेलिल्लालाई ६–१ ले हरायो र समग्रमा १०–१ को अग्रतासहित प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।

रियलको जितमा खेलको ३३ औं र ३५ औं मिनटमा मार्को एसेन्सियोले लगातार दुई गोल गरे । लगतै ३९ औं मिनटमा जेभियर सान्चेजले रियलको अग्रता तेब्बर पारे । पहिलो हाफ मै तीन गोल गरेको रियलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।


एकपक्षिय नतिजा निकाल्ने क्रममा खेलको ४८ औं मिनटमा इस्कोले रियलका लागि चौथो गोल गरे । त्यस्तै ७५ औं मिनटमा भिनिसियस जुनियरले रियलका लागि पाँचौं गोल गरे भने ८३ औं मिनटमा पूनः इस्कोले नै व्यक्तिगत दोस्रो तथा रियलका लागि छैठौं गोल गर्दै घरेलु टोलीलाई शानदार जित दिलाए । उता पराजित मेलिल्लाका लागि ८० औं मिनटमा यासिन कास्मीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...