म्यानचेष्टर सिटीमाथि यी युवा डच विंगरले लगाए यस्तो आरोप

एजेन्सी । म्यानचेष्टर सिटीका पूर्व युवा डच विंगर जभैरो डिलरोसुनले इङलिस च्याम्पियनमाथि खेलाडीहरुलोई किनबेचको सामानका रुपमा व्यवहार गर्ने बताएका छन् । सन् २०१४ मा एजाक्सबाट सिटीमा आवद्ध भएका डिलरोसुनले सिटीको यु–२३ स्क्वाडभन्दा माथि रहेर खेल्ने अवसर भने पाएनन् ।

यद्यपि यसै समर जर्मन क्लब हेर्था बर्लिनमा आवद्ध भएका यी २० बर्षिय डच विंगरले क्लबका लागि ११ खेल खेल्नुका साथै दुई गोल समेत गरिसकेका छन् ।

सञ्चारमाध्यमसँग सिटीबारे कुरा गर्दा यी डच विंगरले इङलिस च्याम्पियनलाई एउटा कम्पनी जस्तो भएको र उसले क्लबका खेलाडीहरुलाई बिक्रीका सामानका रुपमा व्यवहार गर्ने गरेको आरोप लगाए । उनी भन्छन्, “सिटी एउटा कम्पनी जस्तो छ र खेलाडीहरु उनीहरुको बिक्रीका बस्तु हुन् ।”


सिटीबारे उनको यस्तो आरोप भए तापनि उनले सिटीका म्यानेजर पेप गार्डिओलाको प्रभावबारे भने प्रशंसा गरेका छन् । उनी अगाडी भन्छन्, “मैले व्यक्तिगत रुपमा पेप गार्डिओलासँग धेरै कुरा गरेन उनलाई हेरेर मात्र पनि मैले उनको बारेमा धेरै कुरा थाहा पाएँ । उनले मलाई केही उत्कृष्ट सुझावहरु दिए र मलाई राम्रो खेलाडी बन्न सहयोग गरे । गार्डिओला आफ्ना खेलाडीहरुलाई ट्याक्टिसबारे बताउन निकै क्षमता राख्छन् ।”

स्मरणीय छ कि पहिलो टिममा पर्न सिटीको एकेडेमी छोड्ने डिलरोसुन पहिलो खेलाडी भने होईनन् । यस सिजन बोरुसिया डर्टमुण्डबाट खेल्दै जर्मन बुण्डेसलिगामा चर्चा बटुलिरहेका इङलिस युवा स्टार जडोन सान्चोले पनि सिनियर टिममा गेमटाईमका लागि गत बर्ष सिटीको एकेडेमी छोडेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...