चेल्सीको अप्रत्याशित हार (भिडियोसहित)

एजेन्सी । एक गोलको शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा लण्डन क्लब चेल्सीले प्रिमियर लिगमा बुधबार राती वोल्भ्ससँग १–२ को अप्रत्याशित हार बेहोरेको छ ।

वोल्भ्सको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले खेलको १८ औं मिनटमै गोलको अग्रता बनाएको थियो । चेल्सीका रुबेन लोफ्टस–चीकले २५ यार्डबाट गरेको प्रहार घरेलु टोलीका कप्तान कोनर कोडीले क्लियर गर्ने त्रममा बल आफ्नै गोलपोष्टमा छिरेको थियो ।


यद्यपि दोस्रो हाफमा उत्कृष्ट पुनार्गमन गरेको वौल्भ्सका लागि ५९ औं मिनटमा राउल जिमिनेजले बराबरी गोल फर्काए भने लगतै ६३ औं मिनटमा डिओगो जोटाले दोस्रो गोल गर्दै प्रिमियर लिगमा सात खेलपश्चात् वोल्भ्सलाई पहिलो जित दिलाए ।

यो जितसँगै १५ खेलबाट १९ अंक जोडेको वोल्भ्स १२ औं स्थानमा उक्लिएको छ । उता पराजित चेल्सी भने ३१ अंकका साथ चौथो स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...