च्याम्पियन्स लिग ग्रुप ई : बायर्नको जितमा लेवान्डोस्की निर्णायक (भिडियोसहित)

एजेन्सी । स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि जर्मन जायन्ट बायर्न म्युनिखले च्याम्पियन्स लिगको समूह ई तर्फ बुधबार राती एइके एथेन्सलाई २–० ले हराएको छ ।

आफ्नो घरेलु मैदानमा सम्पन्न खेलको ३१ औं मिनटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट पहिलो गोल गरे भने ७१ औं मिनटमा थप दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।


जितपछि ४ खेलबाट १० अंक जोडेको बायर्न शिर्ष स्थानमा छ । त्यस्तै बुधबार राती नै समूह ई तर्फको अर्को खेलमा बेनफिकालाई ०–१ ले हराएको एएफसी एजाक्स ८ अंकका साथ दोस्रो स्थानमा छ । त्यसैगरी ४ अंक जोडेको बेनफिका तेस्रो स्थानमा छ भने अंकविहनि एथेन्स पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...