च्याम्पियन्स लिग ग्रुप एफ : सिटीको जितमा जिससको ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । ब्राजिलियन युवा फरवार्ड ग्याब्रियल जिससले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिगको समूह एफ तर्फ म्यानचेष्टर सिटलिे शख्तर डोनेस्कलाई ६–० ले हराएको छ ।

सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा जिससले दुई गोल खेलको २४ औं र ७२ औं मिनटमा पेनाल्टीबाट गरेका थिए । त्यस्तै थप एक गोल इन्जुरी समयको ९२ औं मिनटमा गर्दै ह्याट्रिक पूरा गरेका थिए । सन् २०११ पछि च्याम्पियन्स लिगमा इङलिस क्लबका लागि पेनाल्टीबाट दुई गोल गर्ने जिसस दोस्रो खेलाडी हुन् । यसअघि सन् २०११ मा म्यानचेष्टर युनाइटेडबाट खेल्दा वायन रुनीले दुई गोल पेनाल्टीबाट गरेका थिए ।


यसअघि सन् २०११ यद्यपि खेलमा सिटीका लागि शुरुवाती गोल भने १३ औं मिनटमा डेविड सिल्वाले गरेका थिए ।त्यसैगरी ४८ औं मिनटमा रहिम स्टर्लिङ तथा ८४ औं मिनटमा रियाद महरेजले सिटीका लागि थप दुई गोल गरेका थिए । यो जितपछि ४ खेलबाट ९ अंक जोडेको सिटी शिर्ष स्थानमा छ र नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

त्यस्तै २ अंक जोडेको शख्तर पुछारमा छ भने बुधबार राती नै समूह एफ तर्फ भएको अर्को खेलमा २–२ गोलको बराबरी खेलेका लियोन र होफेनहिम क्रमश ६ र ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...