च्याम्पियन्स लिग ग्रुप जी : डिफेन्डिङ च्याम्पियन रियलको शानदार जित (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको समूह जी तर्फ डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले बुधबार राती शानदार जित हात पार्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

शानदार जित हात पार्ने क्रममा रियलले चेक क्लब विक्टोरिया पिल्जनलाई उसकै घरमा शून्यका विरुद्ध ५ गोलले हरायो । रियलको जितमा करिम बेन्जेमाले खेलेको २० औं मिनटमै शुरुवाती गोल गरे । त्यो गोलसँगै रियलका लागि समग्रमा गरेर २०० गोल गर्ने सातौं खेलाडी बने । बेन्जेमाले त्यो उपलब्धी ४२९ खेल खेल्दै हात पार्न सफल भए । लगतै २३ औं मिनटमा केसेमिरोले दोस्रो गोल गरेका थिए ।


एकतर्फी जित हात पारेको रियलका लागि ३७ औं मिनटमा पूर्न बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । लगतै ४० औं मिनटमा गारेथ बेलले रियलका लागि चौथो गोल गरे भने ६७ औं मिनटमा टोनी क्रुसले पाँचौं गोल गर्दै डिफेन्डिङ च्याम्पियनलार्ई शानदार जित पक्का गरे ।

यो जितसँगै ४ खेलबाट ९ अंक जोडेको रियल शिर्ष स्थानमा छ । त्यस्तै बुधबार राती नै समूह जी तर्फ सिएसके मस्कोलाई १–२ ले हरायो एएस रोमा समान ९ अंक जोडे तापनि गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ । त्यसैगरी ४ अंक जोडेको मस्को तेस्रो स्थानमा छ भने १ अंकका साथ पिल्जन पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...