फिफा बेस्ट प्लेयर २०१८ : शर्ट लिस्टमा छन् मेसी, रोनाल्डा, सलाह, हजार्ड जस्ता स्टारहरु

एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाको प्रतिष्ठित बेस्ट अवार्ड २०१८ का लागि पुरुषतर्फ दश खेलाडीहरुको शर्ट लिस्ट सार्वजनिक गरिएको छ । यो सूचीमा चेल्सीका इडन हजार्ड, लिभरपुलका मोहमद सलाह, बार्सिलोनाका लियोनल मेसी र भर्खरै युभेन्ट्समा आवद्ध भएका क्रिष्टियानो रोनाल्डो पनि समावेश छन् ।

पाँच पटक बेलन डि’अर अवार्ड जितेका रोनाल्डोका लागि गत सिजन उत्कृष्ट रह्यो । पोर्चुगिज सुपरस्टारले पछिल्लो सिजन खेलेको समग्र ५४ खेलमा ५४ गोल गरेका थिए । साथै रियल मेड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताउनुका साथै फिफा क्लब विश्वकपको उपाधि समेत जिताएका थिए ।


त्यस्तै २६ बर्षिय इजिप्शियन स्टार मोहमद सलाहको लागि पनि गत सिजन शानदार नै रह्यो । सलाहले २०१७–१८ को सिजनमा क्लब र देशका लागि कुल ४६ गोल गरेका थिए । साथै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

शर्ट लिस्टमा परेका टोटेनह्यामका इङलिस फरवार्ड हेरी केनले भर्खरै सम्पन्न रसिया विश्वकपमा देशका लागि ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । त्यस्तै उनले गत सिजन प्रिमियर लिगमा पहिलोपटक ३० गोल गर्न समेत सफल भएका थिए ।

त्यसैगरी २७ बर्षिय इडन हजार्डले चेल्सीलाई एफए कपको उपाधि जिताएका थिए भने आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा बेल्जियमलाई रसिया विश्वकपमा तेस्रो स्थान समेत दिलाएका थिए । साथै उनले रुसमा सिल्भर बल अवार्ड समेत जितेका थिए ।


त्यस्तै अर्का बेल्जियन मिडफिल्डर केभिन डि ब्रुईनले पनि गत सिजन म्यानचेष्टर सिटीको किर्तिमानी सिजनमा शानदार प्रदर्शन गरे । गत सिजन सिटीले प्रिमियर लिगको अंकतालिकामा १०० अँकको आँकडा छोएको थियो भने सर्वाधिक गोल गर्ने किर्तिमान समेत बनाएको थियो ।

त्यसैगरी गत सिजन बार्सिलोनाले ला लिगाको उपाधि जित्दा अर्जेन्टिनी स्टार लियोनल मेसीको प्रदर्शन पनि प्रशसनीय थियो । यद्यपि रसिया विश्वकपमा भने उनल सोंचेअनुरुप प्रदर्शन गर्न सकेनन् ।

हेर्नुहोस शर्ट लिस्ट :

क्रिष्टियानो रोनाल्डो (युभेन्ट्स, पोर्चुगल)

केभिन डि ब्रुईन (म्यानचेष्टर सिटी, बेल्जियम)

एन्टोइन ग्रिजमन (एटलेटिको मेड्रिड, फ्रान्स)

ईडन हजार्ड (चेल्सी, बेल्जियम)

हेरी केन (टोटेनह्याम, इङल्याण्ड)

किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन (पिएसजी), फ्रान्स)

लियोनल मेसी (बार्सिलोना, फ्रान्स)

लुका मोड्रिक (रियल मेड्रिड, क्रोएशिया)

मोहमद सलाह (लिभरपुल, इजिप्ट)

राफेल भराने (रियल मेड्रिड, फ्रान्स)


प्रतिक्रिया दिनुहोस

Loading...