मैले पिएसजीलाई दिएँ कान्टेलाई अनुबन्ध गर्न सुझाव : एम्बाप्पे

कान्टे (बाँया) का साथ एम्बाप्पे /

एजेन्सी । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड किलियन एम्बाप्पेले रसिया विश्वकपका क्रममा आफ्नो नेशनल टिममेट एन्गोलो कान्टेलाई पेरिस आउन सुझाव दिएको बताएका छन् ।

फ्रान्सले रुसमा विश्वकप जित्दा एम्बाप्पे र कान्टे दुवैको प्रदर्शन निकै तारीफयोग्य थियो । साथै यी १९ बर्षिय युवा फरवार्डले विश्वकपको सफलता र प्रदर्शनलाई क्लब लेभलमा पनि दोहोर्याउन चाहन्छन् ।


फ्रान्स फुटबलसँग कुरा गर्दै एम्बाप्पेले भने, “यो साँचो हो कि अल खलिफी (पिएसजीका अध्यक्ष) ले कान्टेका लागि मसँग सुझाव लिएका थिए । मैले उनलाई पिएसजीका लागि कान्टे शानदार हुने बताएको थिएँ । मैले विश्वकपका बेला कान्टेसँग कुरा गरेको थिएँ तर धेरै होइन । किनकी फेरि त्यो कुराले तपाईंको दिमागमा ट्रान्सफरको कुरा मात्र घुम्न थाल्छ ।

अन्तिममा मैले उनको गोजीमा एउटा नोट राखिदिएको थिएँ । सायद उनले घर पुगेर त्यो नोट भेटे होलान् र मेरो म्यासेज पनि देखे होलान् ।”


फ्रेन्च आउटलेट ला पेरिसियनले हालै दावी गरे अनुसार पिएसजीले चेल्सी मिडफिल्डर कान्टेको सम्भावित स्थानान्तरण अघि उनको प्रतिनिधिहरुसँग पि–कन्ट्रयाक्टमा सहमति बनाएको बताईएको थियो । तर कान्टेलाई अनुबन्ध गर्न पिएसजी यस समर आर्थिक रुपमा केहि कठिन हुने देखिएको छ ।

चेल्सीले कान्टेका लागि ११० मिलियन युरोको मुल्य तोकेको छ । जुन फाइनान्सियल फेयर प्लेका कारण उनको पिएसजी स्थानान्तरण सम्भव छैन । कान्टेलाई अनुबन्ध गर्नका लागि पिएसजीले आफ्ना केही खेलाडीहरुलाई पनि बेच्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...