ओजिलले लगाएको आरोपबारे जर्मन एफएले दियो जवाफ

एजेन्सी । जर्मन फुटबल एशोसिएशनले आफ्ना स्टार फुटबलर मेसुत ओजिलद्वारा लगाइएको दुव्र्यवहारको आरोपलाई अस्वीकार गरेको छ । साथै एफएले खेलाडीलाई दुव्र्यवहारबाट बचाउन छिटो कदम उठाउन सक्ने रहेको समेत बताएको छ ।

स्मरणीय छ कि इङलिस क्लब आर्सनलबाट खेलिरहेका २९ बर्षिय स्टार मिडफिल्डर ओजिलले आइतबार आफूमाथि भएको रेसिज्म र दुव्र्यवहारका कारण अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।


ओजिल टर्कीश मूलका जर्मन खेलाडी हुन् । उनले जर्मन एफए र केही सञ्चारमाध्यमहरुतर्फ इशारा गर्दै आफ्नो बयानमा भनेका थिए, “जब हामी जित्छौं तब म जर्मन खेलाडी हुन्छु, जब हार्छौं तब म बाहिरी खेलाडी भईदिन्छु ।”

ओजिलले ब्राजीलमा सम्पन्न सन् २०१४ को फिफा विश्वकप जित्दा जर्मन टोलीको महत्वपूर्ण सदस्य रहेका थिए । साथै उनले पाँच पटक जर्मनको राष्ट्रिय बर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।

यी तमाम विवादहरु ओजिलले टर्कीका राष्ट्रपति रजब तैयब एर्डोगनसँग फोटो खिचाएपछि शुरु भएको थियो । हालै रुसमा सम्पन्न फिफा विश्वकपको समूह चरणबाटै जर्मनी बाहिरिएपछि ओजिललाई धम्की आउन थालेको थियो भने नश्लभेदी टिप्पणी समेत गरिएको थियो ।


ओजिलको यो आरोपहरुप्रति जर्मन एफएले भनेको छ, “हामीलाई राष्ट्रिय टोलीबाट ओजिल निस्किनुले दुःख छ । तर हामी कुनै पनि किसिमको रेसिज्मसँग जोडिएका छैनौं, जर्मन एफएले कयौं बर्षदेखि खेलाडीहरुको एकिकरण गरिरहेको छ ।

अनेकतामा एकता – यो केवल फुटबलमा मात्र सिमित छैन । हामी हरेक स्तरमा एकतामा विश्वास गर्छौं । तल्लो लिगदेखि लिएर सिनियर राष्ट्रिय टोलीसम्मका कतिपय खेलाडीहरु बाहिरी मूलका छन् । हामी फरक–फरक धर्म र सँस्कृतिबाट आएका हौं तर मैदान भित्र र बाहीर हामी सबै एकजुट छौं ।

टर्कीस राष्ट्रपति एर्डोगनको तस्विरबारे जर्मनीमा धेरै मानिसहरुले प्रश्न उठाएका थिए । हामीलाई थाहा छ यो मुद्दाबाट पार पाउन हामीले छिटो भन्दा छिटो आवश्यक कदम उठाउन सक्थ्यौं । हामीलाई दुःख छ कि रेसिज्मबाट जोगिन हामीले ओजिललाई कुनै सुरक्षा नदिएको उनको बुझाई रहेछ ।

यद्यपि यो पनि आवश्यक छ कि इल्काय गुन्डोगनले जस्तै मेसुत ओजिलले पनि यो तस्विरका लागि जवाफ दिउन् । जर्मन एफएमा हामी सँगै जित्छौं र सँगै हार्छौं । मेसुत ओजिल जर्मन टिमको सदस्य रहीरहेको भए हामीलाई खुशी लाग्ने थियो ।”


प्रतिक्रिया दिनुहोस

Loading...