इडन हजार्डलाई बर्नबेयुमा देख्न चाहँदैनन् उनका भाई किलियन

इडन हजार्ड (बाँया) र उनका भाई किलियन ।

एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो रियल मेड्रिड छाड्दै युभेन्ट्सतर्फ लागेपछि अहिले चेल्सीका बेल्जियम स्टार इडन हजार्डको नाम रियलसँग जोडिएर निकै हल्लाहरु चलिरहेका छन् । तर यो कुरासँग हजार्ड कै परिवार पनि खुशी छैनन् ।

उता चेल्सी पनि हजार्डलाई बेच्न चाहँदैन । त्यसैले लण्डन क्लबद्वारा हजार्डको मूल्य २०० मिलियन पाउण्ड तोकेको छ । हजार्डका परिवारले पनि उनी बर्नबेयु नजाओस भन्ने चाहन्छन् । ईडनको सानो भाई किलियनले सामाजिक सञ्जालको एक पोष्टमा कमेन्ट गरेका छन् । यो पोष्टमा हजार्ड रियल मेड्रिडको जर्सीमा छन् ।


किलियनले यो पोष्टमा इमोजी बनाएका छन्, जसलाई देखेर अनुमान लगाउन सकिन्छ की उनी आफ्नो दाजुको बर्नबयु स्थानान्तरणको हल्लाबारे असन्तुष्ट छन् । बेस्ट अफ फुटबल इन्स्टाग्राम एकाउण्टले किलियनलाई ‘के उनको दाजु बर्नबेयु जानु सही होला त ?’ भनेर प्रश्न सोधेको छ ।

त्यसको जवाफमा किलियनले नकारेको जवाफसहितको इमोज पठाएका छन् । यद्यपि मानिसहरुले जे भने तापनि बेल्जियन विंगर हजार्डले भने स्पष्ट रुपमा आफू रियल मेड्रिडका लागि खेल्न चाहेको कुरा बताईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...