रियलका लागि धेरै भन्दा धेरै च्याम्पियन्स लिग जित्न चाहन्छन् ‘वण्डरकिड’ भिनिशियस

एजेन्सी । रियल मेड्रिडले भर्खरै अनुबन्ध गरेको ब्राजिलियन वण्डरकिड भिनिशयस जुनियरले स्पेनीस जायन्टका लागि धेरै भन्दा धेरै च्याम्पियन्स लिग जित्न चाहेको बताएका छन् । स्पेनमा आफ्नो नयाँ जिवन शुरुवात गर्ने प्रयासमा रहेका यी १८ बर्षिय युवा फरवार्डले रियल मेड्रिडको खेलाडीका रुपमा आफ्नो पहिलो दिनको आँकलन समेत गरेका छन् ।

रियल मेड्रिड टिभीसँग कुराकानीका क्रममा उनले भने, “जब म यहाँ आइपुगे तबदेखि मैले फरक अनुभव गरिरहेको छु । यस्तो लाग्दैछ कि म यहाँ निकै खुशी हुनेछु । म मात्रै नभएर मेरा साथी र परिवारहरु पनि खुशी हुनेछन् । सबैले मलाई स्पेन आइपुगेको अनुभव सोधीरहन्छन् ।

मैले सबैलाई भन्छु दुनियाँ कै सबैभन्दा बेष्ट टिममा हुनु भन्दा राम्रो कुरा अरु केही हुन सक्दैन । म ब्राजीलमा खेलिने साहसी फुटबल खेल्छु । म सधै निकै ड्रिबल गर्छु र विपक्षीको सम्मान पनि गर्छु । मेरो लक्ष्य धेरै भन्दा धेरै गोल गर्नु र आफ्नो टिमलाई सफलता हासिल गर्न सहयोग गर्नु हो ।

म एउटा शानदार बर्षको कल्पना गर्छु जहाँ सबै मेड्रिडवासी र हाम्रो टिम थुप्रै उपाधिका साथ खुशी मनाउन सकुन् । यी सबैमध्ये म रियल मेड्रिडका लागि धेरै भन्दा धेरै च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छु ।”


स्पेनीस आउटलेट मार्काका अनुसार ब्राजिलियन लेफ्ट–ब्याक मार्सेलो र भिनिशियस राम्रो साथी बनिसकेका छन् । उनी अगाडी भन्छन्, “मार्सेलोले मलाई सधै भन्छन्, बर्नबेयुमा खेलेर मलाई निकै आनन्द आउनेछ । म धेरै बर्षसम्म खेल्न चाहन्छु र रियल मेड्रिड कहिल्यै छोड्न चाहन्न ।”


प्रतिक्रिया दिनुहोस

Loading...