साविक विजेता इङल्याण्डमाथि फ्रान्सको फराकिलो जित (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन इङल्याण्ड फिनल्याण्डमा जारी युईएफए युरोपियन यु–१९ च्याम्पियनसिपको समूह चरणतर्फ अन्तिम खेलमा भारी अन्तरले पराजित गरेको छ । समूह बी तर्फ सोमबार भएको खेलमा इङल्याण्डले फ्रान्ससँग ०–५ को भारी अन्तरको हार बेहोर्यो ।


त्यसैगरी सोमबार नै भएको अर्को खेलमा युक्रेनले टर्कीलाई १–० ले हराउँदै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्स भने उपविजेताको हैसियतले सेमिफाइनलमा प्रवेश गरेको छ । तीन खेलबाट ७ अंक जोडेको युक्रेन समूह बी को शिर्ष स्थानमा रह्यो भने ६ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रह्यो ।


उता चार अंकका साथ इङल्याण्ड तेस्रो स्थानमा रह्यो भने अंकविहीन टर्की पुछारमा रहन पुग्यो । यद्यपि पराजयका बावजुद इङल्याण्डको विश्वकपमा छनौट हुने सम्भावना कायम छ । उसले अब प्ले अफतर्फ समूह ए को तेस्रो स्थानमा रहेको नर्वेको सामना गर्नेछ । समूह बी बाट युक्रेन र फ्रान्स भने सोझै आगामी बर्ष पोल्याण्डमा हुने फिफा यु–२० विश्वकपका लागि समेत छनौट भएका छन् ।

फ्रान्स र इङल्याण्डबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस

Loading...